भारतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि लोडसेडिङ करिब दुई घण्टा कम हुने भएको छ । उक्त परिमाणको बिजुली ल्याउनेबारे सोमबार नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपीसी विद्युत व्यापार निगम लिमिटेडबीच सम्झौंता हुँदैछ ।
आगामी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीबाटै रिमोट कन्ट्रोलको ‘स्विच अन’ गरेपछि ८० मेगावाट विजुली नेपाल आउनेछ । उक्त परिमाणको बिजुली आएपछि अहिलेको लोडसेडिङ करिब दुई घण्टा कम हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार करिब ६ लाख युनिट बिजुली निरन्तर प्रवाह भए दैनिक एक घण्टासम्म लोडसेडिङ कम हुन्छ । प्राधिकरणले भारतबाट असार दोस्रो सातासम्म ८० मेगावाट बराबर दैनिक १९ लाख ४६ हजार युनिट विजुली किन्नेछ ।
ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइन ४०० केभीमा निर्माण भए पनि नेपालतर्फ सबस्टेसन तयार नभएकाले तत्काल १३२ केभीमै चार्ज गरेर विजुली ल्याउन लागिएको नागरिक दैनिकमा समाचार छ ।
0 comments Blogger 0 Facebook
Post a Comment